केटाकेटी तथा युवा (#7004)

हे भगवान् ! मलाई बाटो देखाऊ, मलाई रक्षा गर, मलाई एउटा उज्यालो बत्ती र एउटा प्रकाशवान् तारा बनाइदेऊ | तिमी शक्तिशाली तथा बलवान् छौ |

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11092)

हे ईश्वर ! तिम्रो प्रेमको काखमा यो सानो बालकलाई हुर्काऊ र तिम्रो कृपाको स्तनबाट यसलाई दूध देऊ । तिम्रो प्रोको फूलबारीमा यो कलिलो बिरुवालाई  मल–जल दऊे र तिम्रो कृपाको वृष्टिद्वारा यसलाई बढ्न सहयोग गर । यसलाई अधिराज्यको बालक बनाइदेऊ र तिम्रो स्वर्गीय साम्राज्यतिर डो¥याऊ । तिमी शक्तिशाली र दयालु छौ, तिमी नै दाता, उदार, अपार कृपाका अधिपति हौ ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11093)

हे अद्वितीय प्रभु ! आफ्नो प्रेमाद्र दयाको स्तनपान गराएर यो दुधे बालकको पालन–पोषण गर, आफ्नो सुरक्षा र संरक्षणको कोक्रोमा यसलाई सुरक्षित राख र यस्तो वरदान देऊ कि तिम्रो करुणाको कोमल हातबाट यसको स्याहार–सुसार होस् ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11088)

हे ईश्वर ! यी बाल–बालिकालाई शिक्षा देऊ । यी बाल–बालिका तिम्रा फलोद्यानका बोट–बिरुवा, तिम्रा मैदानका फूलहरू तथा तिम्रै बगैंचका गुलाबहरू हुन् । यिनीहरूमाथि जलवृष्टि गरिदऊे; सत्यको सर्यू तिम्रो प्रेम सहित यिनीहरू माथि चम्कन देऊ । तिम्रो समीरलाई यिनीहरूमाथि बहन देऊ, ताकि यिनीहरू तालिम प्राप्त गर्न, हुर्कन र विकसित हनु सक्नछेन् र परमसौदर्यका साथ देखापर्ने छन् । तिमी दाता छौ । तिमी करुणामय छौ ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11089)

हे प्रभु ! यी बालकहरूलाई उत्तम पौधाहरू बनाइदेऊ । आफ्नो संविदाको उद्यानमा यिनीहरूलाई उम्रन र हुर्कन देऊ, आभा अधिराज्यको मेघबाट वृष्टि गराएर तिनीहरूलाई हरियाली र सौन्दर्य प्रदान गर । हे दयालु स्वामी ! म एउटा सानो बालक हूँ । तिम्रो अधिराज्यमा प्रवेश गराएर मलाई प्रतिष्ठित गराइदेऊ । म एउटा भौतिक जीव मात्र हूँ, स्वर्गका गुणद्वारा यसलाई सम्पन्न बनाऊ । म उदास छु, मलाई आलोकित गराइदेऊ; निर्जीव पदार्थजस्तो छु, आध्यात्मिक बनाइदेऊ र तिम्रा अनन्त सद्गुणहरूलाई प्रतिबिम्बित गर्न सक्ने बनाइदेऊ । तिमी बलवान् छौ, तिमी सबलौई  प्रेम गर्दछौ ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11090)

हे दिव्य पिता ! म कम आयु भएको एक बालक हुँ । आफ्नो दयाको दधू खुवाएर मेरो पालन–पोषण गर, तिम्रो प्रेममा मलाई निपुण बनाऊ, आफ्नो मार्गदर्शनको पाठशालामा मलाई विद्यादान देऊ तथा आफ्नो विपुल प्रदानको छत्र छायाँमा मेरो विकास गर । मलाई अन्धकारबाट मुक्त गर, मलाई एउटा प्रकाशदायक दियो बनाईदेऊ । मलाई शोक संतापबाट मुक्त गरी देऊ, आफ्नो संघारमा मेरो सेवा स्वीकार गर तथा मलाई एक सत्कर्मीको प्रवृत्ति एवं प्रकृति प्रदान गर । मलाई मानव–जगत्को समृद्धि ल्याउने एक साधन बनाऊ तथा मेरो शिरलाई चिरस्थायी जीवन–मणि जडिएको मुकुटद्वारा सुसज्जित गर । निःसंशय तिमी नै हौ सामथ्र्यवान्, सर्व–शक्तिमान्, सर्व–द्रष्टा तथा श्रोता ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11091)

हे अद्वितीय प्रभु ! यो बिचरा बालकको लागि तिमी आश्रय बनिदेऊ र यो गल्ती गर्ने र दु:खी आत्माको लागि दयालु र क्षमाशील मालिक भइदेऊ । हे प्रभु ! हामीहरू काम नलाग्ने पौधाहरूजस्तै भए तापनि तिम्रै गुलाबको बगैंचामा फुल्दछौं । पात र फूलहरू नभएका बेर्नाहरू भए तापनि तिम्रो फलोद्यानकै अशं हौं । अतः यो पौधालाई पनि तिम्रो कोमल दयाको मेघबाट झरेको पानीद्वारा सिँचन गरेर हुर्काऊ र यो बेर्नालाई पनि आफ्नो आध्यात्मिक वसन्त ऋतुको शीतल समीरद्वारा तरोताजा गराऊ र विकसित गराऊ । 
यसलाई संवेदनशील बनाइदेऊ, सूक्ष्म दृष्टि प्रदान गर र सुशील आचरणको बनाइदेऊ र यस्तो व्यवस्था गरिदेऊ कि यसले अनन्त जीवन प्राप्त गर्न सकोस् र सदासर्वदा तिम्रो अधिराज्यमा बास गर्न सकोस् ।

-`Abdu'l-Bahá
-----------------------

केटाकेटी तथा युवा (#11094)

हे प्रभु ! यस युवकलाई उज्ज्वल बनाइदेऊ र यस बिचरा प्राणीलाई तिम्रो अनुग्रह प्रदान गर । उसलाई ज्ञान देऊ, प्रत्येक उषाकालमा उसलाई थप बल प्रदान गर तथा संरक्षणको छत्रछायाँमा उसलाई सुरक्षित राख ताकि ऊ भूलबाट मुक्त हुन सकोस्, तिम्रो धर्मको सेवामा व्यस्त रहन सकोस्, जिद्दीलाई मार्गदर्शन गर्न, अभागीलाई डोर्याउन, बन्दीहरूलाई मुक्त गर्न र असावधानहरूलाई बिउँझाउन सकोस् ताकि तिम्रो स्मृति र स्तुतिबाट सबै सुखी बन्न सकून् । तिमी शक्तिशाली तथा बलवान् छौ ।

-`Abdu'l-Bahá
-----------------------

